काठमाडौं । भोलि हुने प्रतिनिधिसभाको निर्वाचमा हेलिकप्टर गस्ती गर्ने भएको छ ।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।
सेनाको हेलिकप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकप्टरबाट पनि पेट्रोलिङ गर्ने गृह मन्त्रालयकी सहप्रवक्ता रमा आर्चाय सुवेदीले बताइन् ।
साथै हेलिकप्टरलाई स्टायण्ड बाइ राख्ने निर्णय पनि भएको छ ।
भोलि देशैभर हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय भएको छ । सेनाकाे हेलिकप्टरबाट मात्रै देशैभर गस्ती गर्न सम्भव छैन त्यसैले अन्य कम्पनीकाे पनि हेलिकप्टर प्रयाेग गर्ने निर्णय भएकाे हो ।
यता सोमबार निर्वाचन आयोगले १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने निर्णय गरेको छ। हेलिकप्टर माग भई आएका डेढ सय मतदान केन्द्रबाट ६१ स्थानमा मतपेटिका संकलन गर्ने र त्यहाँबाट मतगणनास्थलसम्म हेलिकप्टरमा लैजाने निर्णय सोमबार निर्वाचन आयोगले गरेको हो।


