CLI

साँखु जाने सडकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

सशस्त्र प्रहरीको सुरक्षा बेस थलीबाट मोबाइल गस्तीमा खटिएका इनस्पेक्टर परशुराम थापा नेतृत्वको टोलीले शङ्कास्पद बस्तु देखेपछि सेनालाई खबर गरेका थिए । डिस्पोज गर्दा सो बस्तु बोरामा ढुङ्गा राखेर सडकमा राखेको प्रहरीले जनाएकाे छ ।

सेनाको रणचण्डी गण सुन्दरीजलको बम डिस्पोजल टोलीले बिहान करिब ६ बजेतिर सो बस्तु निष्क्रिय बनाएपछि सड्क सुचारु भएको छ ।

Leave Your Comment

Related News