CLI

शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न भएको बताउँदै उनले सरकारलाई धन्यवाद दिएका हुन् ।

जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन सबै आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको उनले बताएका छन् ।।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘म नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी,सहभागी राजनीतिक दलहरू नागरिक समाज एवम संपुर्ण मतदाताहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको उनले बताएका छन्। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

Leave Your Comment

Related News