काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएको मतगणनामा खत्रीले ३ हजार ६० मत पाएका छन् ।
यस्तै, नेकपा एमालेका महेश बस्नेतले १ हजार ५ सय ७३ मत पाएका छन् । नेपाली कांग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५, राप्रपाका विक्रम थापाले ७३, नेकपामा रामप्रसाद सापकोटाले ६८ मत पाएका छन् ।


