CLI

प्रारम्भिक मतगणनामा रास्वपाको अग्रता

काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। हालसम्म सार्वजनिक भएको विवरण अनुसार रास्वपा ४२ स्थानमा अग्रता कायम गर्दै अन्य दलभन्दा अगाडि देखिएको छ।

त्यस्तै, नेपाली कांग्रेस ५ स्थानमा अग्रता लिएको छ भने नेकपा (एमाले) पनि ५ स्थानमै अघि रहेको छ। नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा अग्रता कायम गरेको प्रारम्भिक नतिजामा देखिएको छ।

अन्य दलहरू भने हालसम्म अग्रतामा देखिएका छैनन्। मतगणना जारी रहेकाले नतिजामा थप परिवर्तन आउने सम्भावना रहेको निर्वाचन सम्बन्धी अद्यावधिक विवरणमा उल्लेख गरिएको छ।

फागुन २१ गते भएको मतदानपछि देशभरका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। प्रारम्भिक गणनाले रास्वपाको उल्लेखनीय अग्रता देखाए पनि अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।

Leave Your Comment

Related News