काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतको बलियो ‘गढ’ मानिने भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा धक्का दिएको छ। पछिल्लो मतगणना परिणाम अनुसार रास्वपाका उम्मेदवार राजीव खत्रीले एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई दोब्बरभन्दा बढी मतान्तरले पछाडि पार्दै सनसनीपूर्ण अग्रता कायम गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार खत्रीले ४ हजार ४८ मत प्राप्त गर्दा बस्नेतले मात्र १ हजार ८१९ मत पाएका छन्। यो मतान्तर २ हजार २ सय २९ को हो।


