काठमाडौं । सुनको मूल्य तोलामै ४ हजार २ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतिनिधिसभाको निर्वाचन भएकाले सरकारले सार्वजनिक विदा दिइएको थियो । त्यसकारण महासंघले मूल्य तोकिएको थिएन । बुधबार सुनको मूल्य एकैदिन ११ हजार रूपैयाँले घटेर तोलामा ३ लाख १७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि तोलामा ९५ रूपैयाँले घटेको छ । बजारमा ५ हजार ४ सय ४५ रूपैयाँमा तोलामा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ ।


