काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रता मिलेको छ ।
धुलिखेल नगरपालिकाको १, २ र ३ वडाको मतगणना हुँदा रास्वपा उम्मेदवार बदन भण्डारीले १ हजार ५ सय ३०, एमाले उम्मेदवार अशोक ब्याञ्जुले १ हजार ३५, नेपाली कांग्रेस उम्मेदवार मधु आचार्यले ५ सय ५२ र नेकपा उम्मेदवार बसुन्धरा हुमागाईंले १ सय ८३ मत प्राप्त गरेका छन् ।


