CLI

रौतहट १ मा राजस्वपाका चौधरीको अग्रता पूर्वप्रधानमन्त्री माधव नेपाल पाँचौ स्थानमा

काठमाडौं । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्।

हालसम्मको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पाँचौ स्थानमा रहेका छ्न् ।

गौरको जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा १ जयनगरको मतगणना हुँदा चौधरीको पक्षमा ७०६ मत आउँदा जसपा उम्मेदवार योगेन्द्र यादवले ५५७ र नेपाली काँग्रेस उम्मेदवार अनिलकुमार झाले ३१२ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ र नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले २२० मत प्राप्त गरेका छन् ।

Leave Your Comment

Related News