CLI

ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी

ललितपुर। ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत वडा नं ९ मा मतगणना अस्थायी रूपमा स्थगित गरिएको छ। मुचुल्का उठाउँदा ३० वटा मतपत्र कम भएको पाइएको कारणले गर्दा मतगणना रोकिएको हो।

यहाँ कुल ४ हजार १८५ मतपत्र रहेको भनिए पनि, मतगणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्र भेटिएको बताइएको छ। यस कारणले मतगणना रोकिएको हो।

स्थानीय तहका राजनीतिक दलहरूले सर्वदलीय बैठक बस्ने तयारी गरिरहेका छन्। बैठकपछि बाँकी मतगणना पुनः जारी गरिने जानकारी प्राप्त भएको छ।

उक्त क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। रास्वपाबाट जगदीश खरेल, कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमालेबाट प्रेम महर्जन र उज्यालो नेपाल पार्टीबाट राजाराम टण्डुकार छन्।

Leave Your Comment

Related News