कटारी । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले २९६ मत प्राप्त गरे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेश राईले १९३ तथा नेकपा (एमाले) का उम्मेदवार अम्बर रायमाझीले १३९ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ६९, स्वतन्त्र उम्मेदवार मेजर राईले २० तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्य लामाले १७ मत प्राप्त गरे।


