CLI

प्रारम्भिक मतगणनामा रास्वपाको अग्रता, अरु पार्टीहरु पनि प्रतिस्पर्धामा

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ । अपराह्न साढे ४ बजेसम्म रास्वपाले १ सिट जितिसकेको छ भने १०२ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले पनि १ सिट जित्दै ११ स्थानमा अग्रता लिएको छ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टीले १० स्थानमा अग्रता  र नेकपा (एमाले)ले  ९ स्थानमा अग्रता लिएको छ  । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र श्रम संस्कृति पार्टीले २ स्थानमा अग्रता लिएको छ । १ जना स्वतन्त्र उम्मेद्वार पनि अगाडि छन् ।

देशभरका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले आगामी समयसँगै नतिजामा थप परिवर्तन हुन सक्ने निर्वाचनसम्बन्धी अद्यावधिक विवरणमा जनाइएको छ । प्रारम्भिक परिणामले भने प्रत्यक्षतर्फको प्रतिस्पर्धामा रास्वपाले उल्लेखनीय अग्रता लिएको संकेत गरेको छ।

Leave Your Comment

Related News