CLI

कैलालीका दुई क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

सुदूरपश्चिम।  प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राखेको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्तगरी पछ्याइरहेका  छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरेर कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरलाई उछिन्नु भएको छ ।

स्वाँरले ४०७ मत पाएका छन् । रास्वपाका केपी खनालले ३१६ मत पाए  । कैलाली निर्वाचन क्षेत्र नं ५ को पछिल्लो मत गणनाको परिणामअनुसार रास्वपाका आनन्दबहादुर चन्दले तीन हजार ९४४ मत पाए ।

नेपाली कांग्रेसका नरनारायण शाहले एक हजार ४७५ मत र नेकपा (एमाले) का यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६०४ मत प्राप्त गरी अग्रता बनाए । उनलाई रास्वपाका जगतप्रशाद जोशीले २७५ मत प्राप्तगरी पछ्याइरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले २५२ मत प्राप्त गरे ।

Leave Your Comment

Related News