भद्रपुर । निधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता लिएका छन् ।
नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गरे ।
यसैगरी क्षेत्र नं ४ मा शम्भुप्रसाद ढकालले एक हजार ७७५ मतसहित अग्रता लिए भने उनलाई नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याउँदै छन् ।
यसैगरी क्षेत्र नं ३ मा प्रकाश पाठकले दुई हजार २८१ मतसहित सुरुआती अग्रता लिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन एक हजार ६१० मतसहित दोस्रो स्थानमा छन् ।
क्षेत्र नं २ मा इन्दिरा रानामगरले चार हजार ५८० मतसहित सुरुआती अग्रता लिएको छ भने नेकपा (एमाले)का देवराज घिमिरे ७१६ मतसहित प्राप्त गरे । यस्तै क्षेत्र नं १ मा निशा डाँगीले तीन हजार १७० मतसहित अग्रता लिए । उनलाई श्रम संस्कृति पार्टीका केबल राईले एक हजार ३२० मतसहित पछ्याउँदै छन् ।


