ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५७१ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बूढाक्षेत्री परागले ४४२, नेकपा (एमाले) का क्षितिज थेबेले २९४ मत प्राप्त गरेका छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ९७, श्रम संस्कृति पार्टीका सन्तोष राईले ४४ मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बूले नौ मत प्राप्त गर्नुभएको छ । यहाँ विभिन्न पार्टी र स्वतन्त्र गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


