CLI

मकवानपुर-२ मा रास्वपाका उप्रेतीको दोब्बर अग्रता

हेटौँडा । मकवानपुर क्षेत्र नं २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेतीले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका छन् । मनहरी गाउँपालिकाको चारवटा वडाको मत गणना सम्पन्न भएको हो । हालसम्म आठ हजार ८२४ मत गणना हुँदा उप्रेतीले तीन हजार ६५७ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले एक हजार ७२१ मत ल्याएका छन् । त्यस्तै, नेकपा (एमाले)का महेश बर्तौलाले एक हजार ५४७ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का लवशेर बिष्टले ५९२ मत प्राप्त गरेका छन्  । हालसम्मको मत गणनाअनुसार यहाँ ५७० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । —

Leave Your Comment

Related News