काठमाडौं । रसुवा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन्।
शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम विवरणअनुसार आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दै निर्वाचनमा सफलता हासिल गरेका हुन्।
उनका प्रमुख प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्। प्राप्त मतको आधारमा आचार्यले उल्लेखनीय मतान्तरसहित जित हात पारेका हुन्।


