CLI

बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी

काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार २९ हजार ५५१ मत ल्याउँदै सुनार निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन्। यसपछि नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ तथा नेपाली कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३ हजार ७७४ मत प्राप्त गरेका छन्।

Leave Your Comment

Related News