CLI

रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुन दोब्बर मतसहित अगाडि

काठमाडौं । रोल्पामा झण्डै दोब्बर मतले नेकपाका उम्मेदवार वर्षमान पुन प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. सुदनकुमार वलीभन्दा दोब्बर मत सहित अगाडि रहेका छन् ।

पुनले १३ हजार ७७५ मत पाएका छन् भने डा. वलीले ७ हजार ७७८ मत पाएका छन् । हालसम्म थबाङ, रुन्टीगढी, गंगादेव, परिवर्तन र लुंग्री गाउँपालिकाको पूरा र सुमिलस्मृतिका ३, ४, ६ र ८ वडाको मत गणना सकिएको छ। हालसम्म करिब आधा मतको गणना गरिएको छ। यहाँ १ लाख ४९ हजार ५९७ मध्ये ६९ हजार ४०८ मतदान भएको थियो।

हालसम्म गणना गरिएको ३६ हजार ७६६ मध्ये १ हजार ७०५ मत बदर भएको छ। यसैगरी रास्वपाका बालाराम थापाले ५ हजार ६ सय ९८, एमालेका गोकुल घर्तीले ४ हजार ६२२, नेकपा माओवादीका चुडामणि वलीले २ हजार ४६६ मत पाएका छन्।

Leave Your Comment

Related News