CLI

रास्वपाको निर्देशन- अनावश्यक टिकाटिप्पणी र अवाञ्छित कार्य गतिविधि नगर्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीपंक्तिलाई निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको छ।

केन्द्रीय अनुशासन आयोग (कार्यवाहक प्रमुख) रमाकान्त रिमालले एक विज्ञप्ति जारी गर्दै अन्तिम परिणामको प्रतिक्षा गर्न आग्रह गरेको हो।

पार्टी दुई तिहाइ बहुमततर्फ अग्रसर भइरहँदा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको यस घडीमा पार्टीका विभिन्न पंक्तिहरुबाट सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरूमा अनावश्यक टिकाटिप्पणी गर्ने जस्ता गतिविधिहरू बढेको महसुस भएको हुँदा त्यस्ता अवाञ्छित कार्यहरू नगर्न नगराउन सम्पूर्ण पार्टीपंक्तिहरूमा आयोगले ध्यानाकर्षणसहित निर्देश गर्दछ। अवाञ्छित गतिविधि कसैले गरेको कहींकतै भेटिएमा पार्टीको विधान, कार्यविधि, आचारसंहिताका आधारमा आवश्यक कारबाही हुनेतर्फ जनाएको छ।’

यस्तै, अगाडि भनिएको छ, ‘लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सभ्य र अनुकरणीय राजनीति गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । निर्वाचनको शान्तिपूर्ण सम्पन्न हुने अन्तिम घडीतर्फ अगाडि बढिरहेकोप्रति सम्पूर्ण सरोकारवालामा यस आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ। पार्टीको आधिकारिक निर्देशन बेगर कुनै पनि कार्य नगर्न नगराउन समेत पार्टीपंक्ति लगायत सम्पूर्णमा हार्दिक अपिल गर्दछ ।’

Leave Your Comment

Related News