CLI

जित सुनिश्चित भएपछि सोविता गौतमको प्रतिक्रिया – जनताले चाहेअनुसारको काम गर्न सकुँ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले जनताले चाहेको परिवर्तनअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

चितवन ३ बाट जित सुनिश्चित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएकी हुन् । धेरै नेपालीहरुले एउटा राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने निर्वाचनको रुपमा लिइरहेको उनले बताइन् ।

मतदानका क्रममा पनि मतदाताले त्यही चाहना प्रकट गरेको उनले बताइन्।

उनले भनिन्,‘ नेपाली जनताले एकदमै प्रतिक्षा गरिरहेको निर्वाचन थियो । धेरै नेपालीहरुले एउटा राजनीतिक युगको अन्त्य गरेर अर्को राजनीतिक युगमा प्रवेश गर्ने निर्वाचनको रुपमा लिइरहनुभएको थियो । त्यो अनुरुप उहाँहरुले मतदान गर्दै गर्दा पनि मत दायर गर्दा पनि त्यो अनुरुप उहाहरुको इच्छा व्यक्त गर्नुभएको मैले पाए । चितवन क्षेत्र नम्बर ३ पनि त्यसैभित्रको एउटा परिवेश पनि हो जस्तो मलाई लाग्छ । लोकतन्त्रको उन्नत अभ्यास मध्ये निर्वाचन पनि एक हो । ’

यो निर्वाचन नेपाली जन्ताले चाहे अनुरुपको प्रतिनिधि छान्न पाएको उनको भनाइ छ । ‘देशव्यापी रुपमा यो उत्साह यो पटक चाहिँ देशमा केही हुन्छ है भन्ने जुन नेपालीको आशा छ त्यसले मूर्त रुप लिओस् भन्ने र त्यसरी हामीले काम गर्न सकोस भनेर हामीलाई ठूलो जिम्मेवारी दिनुभएको छ । ’ उनले भनिन् ।

Leave Your Comment

Related News