CLI

तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले उल्लेख्य मतान्तरसहित विजयी भएका छन्। औपचारिक घोषणा भने सम्बन्धित निर्वाचन अधिकृतबाट हुन बाँकी रहेको छ।

मतगणनाको अन्तिम परिणामअनुसार वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराई ले १६ हजार २३१ मत पाएका छन्। यस आधारमा वाग्ले र भट्टराईबीचको मतान्तर २१ हजार ८०९ पुगेको छ।

यसै निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपाने ले ५ हजार ८३० मत प्राप्त गरेकी छन्।

यस परिणामसँगै वाग्लेले दोस्रोपटक प्रतिनिधिसभामा पुग्ने सुनिश्चितता प्राप्त गरेका छन्। यसअघि २०८० सालमा सम्पन्न उपनिर्वाचनमा पनि उनले यही क्षेत्रबाट विजय हासिल गरेका थिए। त्यसबेला उनले ३४ हजार ९१९ मत पाउँदै १४ हजार ७९७ को मतान्तरले जित हासिल गरेका थिए।

उक्त उपनिर्वाचनमा नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका सर्वेन्द्र खनाल ले ८ हजार ४८८ मत पाएका थिए। त्यस समय कुल ६३ हजार ७५७ मत खसेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।

Leave Your Comment

Related News