CLI

नुवाकोट–२ मा रास्वपाका लामिछाने विजयी

काठमाडौं । नुवाकोट क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले जित हात पारेका छन् । यस क्षेत्रमा रास्वपाका अचुत्तम लामिछाने निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार लामिछानेले ३२ हजार ५४ मत ल्याएर जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीश्वर नरसिंह केसीले १५ हजार ५०३ मत ल्याए ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका केशव राज पाण्डेले ८ हजार २८५, नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० र उज्यालो नेपाल पार्टीका झनक प्याकुरेलले ७७५ मत ल्याएका छन् ।

Leave Your Comment

Related News