CLI

काभ्रे २ मा ३५ हजार मतान्तरले रास्वपाका बदन भण्डारी विजयी

काभ्रे । काभ्रेपलान्चोक २ मा रास्वपाका उम्मेदवार बदन भण्डारी भारी मतान्तरले जितेका छन्।

भण्डारीले कांग्रेसका उम्मेदवार मधु आचार्यलाई ३५ हजार ४७६ मतले हराएका हुन्।

भण्डारीले ५३ हजार ३४४ मत ल्याउँदा कांग्रेसका उम्मेदवार आचार्य १७ हजार ८६८ मतमा रोकिए। एमालेका अशोक ब्यान्जुले १३ हजार ९४० मत ल्याउँदा नेकपाका वसुन्धरा हुमागाईँले ८ हजार १०७ मत पाए।

Leave Your Comment

Related News