CLI

कैलाली ५ राजस्वपाका नेता आन्दबहादुर विजयी, प्रेम आले तेस्रो

काठमाडौं । कैलाली-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्द विजयी भएका छन् । चन्द नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।

चन्द ३१ हजार ९५३ मतका साथ प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा निकटत प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत ल्याएका छन् ।

कैलाली–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले सात हजार ८७६ मतसहित तेस्रो भएका छन् ।

नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगाना (उपाध्याय) पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले एक हजार ५९२ मत ल्याएका छन् ।

Leave Your Comment

Related News