CLI

सप्तरी ४ मा रास्वपाका सिताराम साह विजयी, मन्त्री चौधरी पराजित

सप्तरी । सप्तरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सिताराम साह निर्वाचित भएका छन् । साह ३६ हजार ४ सय १२ मत प्राप्त गर्दै सांसद निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् ।

कांग्रेस उम्मेदवार चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।

यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा. बाबी सिंहले १० हजार २ सय ८० र नेपाली कम्युनिस्ट पार्टीका रुवी कुमारी कर्णले १ हजार ७०९ मत पाए ।

 

Leave Your Comment

Related News