काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा ५२ स्थानमा जित हात पारेको छ । मुख्य राजनीतिक दलका वरिष्ठ व्यक्तिहरुलाई हराउदै रास्वपाले जित निकालेको हो । पार्टीका सभापति रवि लामिछाने सहित ५२ जना सदस्यले आ–आफनो निर्वाचन क्षेत्रबाट जित हात पारेका हुन् ।

यी हुन् रास्वपाले जित निकालेका क्षेत्रहरु
चितवन–२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०७९ सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी विवाद्मा पहिलो पटक उनको पद नै गएको थियो । त्यसपछि भएको उपनिर्वाचनमा समेत लामिछाने नै विजयी भएका थिए ।
यसपटक पुन: निर्वाचित भएका हुन् । रास्वपाका लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुँ दा प्रतिस्प्रर्धी कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत पाइन् ।
एमालेका उम्मेदवार अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९६९ आएको छ ।
धनुषा–३
धनुषा–३ मा रास्वपाका मनिष झाले जित निकालेका छन् ।
यहाँ कांग्रेसका बिमलेन्द्र निधि, नेकपा एमालेका जुलिकुमारी महतो जस्ता हेभिवेट उम्मेदवार थिए ।
ती हेभिवेटलाई हराउँदै मनिषले फराकिलो मतान्तरसहित आफ्नो जित निकाले ।
उनले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत ल्याउँदा र नेकपा एमालेका जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन् ।
त्यहाँ यसअघि नेकपा एमालेका जुली कुमारी महतो (महासेठ) विजयी भएका थिए ।
कास्की–३
रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित भएकी छिन् ।
अन्तिम मतपरिणाम अनुसार, उनी ३७ हजार ७५० मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनले यसअघिका निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीलाई पराजित गरेकी हुन् ।
रास्वपा कास्कीको कोषाध्यक्षसमेत रहेकी बिनाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेकी थिइन् ।
काठमाडौं–१०
काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् ।
दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा छन् ।
मोरङ–४
मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
उनले ४०८३३ मत प्राप्त गरे घिमिरेले १२८१८ मत प्राप्त गरेका छन् ।
कास्की–२
पत्रकारिताको माध्यमबाट सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित भए ।
एमालेले जित्दै आएको क्षेत्रमा उनले २४ हजार ४१८ मतान्तरका साथ विजय प्राप्त गरेका हुन् ।
उनले कुल ३१ हजार ९११ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका थिए ।
काठमाडौं–५
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपङ्क्तिमा खटिएका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी भएका छन् ।
वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित उनले नेपाली कांग्रेशका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराए ।
काठमाडौं–४
२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार बम यसपालि भने संसद् छिर्ने भएका छन् ।
उनले नेपाली कांग्रेसका सचिन तिमल्सिना, नेकपा एमालेका राजन भट्टराई जस्ता उम्मेदवारलाई हराए । उनले २९ हजार १८२ मत प्राप्त गरेका छन् ।
काठमाडौं–६
काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।
काठमाडौं–८
२०७९ को निर्वाचनमा सानदार जित हासिल गरेर संसद छिरेका विराजभक्त श्रेष्ठ पुन: यसै क्षेत्रबाट निर्वाचित भएका छन् ।
विवेकशील साझाबाट सुरु भएको उनको राजनीतिक यात्रा, बागमती प्रदेशसभा सदस्य हुँदै संघीय सरकारको युवा तथा खेलकुद मन्त्रीसम्म बन्न पुगेका उनले यस पटक पनि सोही रेकर्ड दोहोर्याए ।
उनले २४ हजार ५९२ मत ल्याए ।
काठमाडौं–३
काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए ।
पाण्डे काठमाडौं महानगरपालिकाको पूर्व प्रहरी प्रमुख हुन् ।
काठमाडौं–१
रञ्जु दर्शना (नेउपाने) वैकल्पिक राजनीतिका रूपमा परिचित नाम थियो । उनले आफ्नो राजनीतिक करियर विवेकशील नेपाली पार्टीबाट गरेकी थिइन् ।
समयक्रममा त्यो पार्टी विलय भयो । त्यसपछि पनि उनी राजनीतिक रुपमा सक्रिय रहिन् ।
यसपटक सुरुमा उनी रास्वपाको समानुपातिक सूचिमा थिइन् । तर, उनीमाथि आलोचना भएपछि प्रत्यक्षमा उम्मेदवारी दिएकी थिइन् । उनको निर्वाचन क्षेत्रमा प्रबल थापा क्षेत्री (कांग्रेस), रवीन्द्र मिश्र (राष्ट्रिय प्रजातन्त्र पार्टी) जस्ता चिरपरिचित प्रतिद्वन्द्वी थिए ।
तर, रास्वपाका लागि पहिलो जित उनै रञ्जुले निकालिन् ।
कुल मत १५ हजार ४५५ ल्याउँदा प्रतिस्पर्धीका रूपमा रहेका प्रबल थापाले ६ हजार ३६४ मत ल्याथए ।
काठमाडौं–९
यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरे । उनले ३५ हजार ९३ मत प्राप्त गर्दै जित निकालेका हुन् ।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत मात्र ल्याइन् । मत परिणामले काठमाडौंका मतदाताले नयाँ राजनीतिक शैली र नेतृत्वप्रति विश्वास प्रकट गरेको देखिन्छ ।
मोरङ–६
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ हजार ६६३ मतान्तर सहित रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् ।
उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।
बाँके–१
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् । उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।
त्यस्तै नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी कृष्णा केसीले १२४० मत ल्याएकी छन् । श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याए ।
स्याङ्जा–१
स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् ।
भर्खरै सकिएको मतगणनाअनुसार २९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए ।
नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याए ।
रुपन्देही–४
रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।
नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् ।
राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याए ।
तेह्रथुम
तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए ।
सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाए । नेकपाका रनध्वज लिम्बुको पक्षमा ९१९ मत पर्यो ।
बारा – ३
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट अरबिन्द साह निर्वाचित भएका छन् । रास्वपाका साह ४० हजार ६९७ मत ल्याएर विजयी भएका हुन् ।
यहाँ कांग्रेसका फरमुल्लाह मन्सुर दोस्रो भए । उनले ९ हजार ८३ मत पाए ।
महोत्तरी – १
यो क्षेत्रबाट प्रमोदकुमार निर्वाचित भएका छन् । महतोले ३४ हजार ६६३ मत पाएर विजयी भएका हुन् । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल रहे । पोखरेलले १२ हजार ६२४ मत पाए ।
काठमाडौं – २
काठमाडौं २ बाट रास्वपाका सुनिल केसी निर्वाचित भएका छन् । ३४ हजार २३८ मत ल्याएर केसी निर्वाचित हुँदा कांग्रेसका कवीर शर्माले ८ हजार ८७७ मत पाए । राप्रपाकी कुन्तीदेवी पोखरेलले ५ हजार २१० मत ल्याइन् । एमालेका मणिराम फुयालले ४ हजार ७५९ मत पाए ।
भक्तपुर – १
भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भए ।
निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई ५ हजार बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन् । रन्जितले ३३ हजार ४३६ मत पाउँदा सुवालले २८ हजार १४७ मत पाए ।
नेपाली कांग्रेसकाम किरण न्यौपानेले ४ हजार २८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।
ललितपुर–१
ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएको छ । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गरे ।
प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गरे ।
ललितपुर-२
ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खरेलले ११ हजार ५४७ मत ल्याएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महजर्नले १५२१ मत प्राप्त गरेका छन्।
पर्सा –१
पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् ।
पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।
पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।
बाँके–१
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए । उनले ३२ हजार ७९२ मत ल्याउँदा नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ९५ मत ल्याए ।
नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ६०३३ मत ल्याउँदा राप्रपाका ३२३४ मत, प्रलोपाकी कृष्णा केसीले १२४० मत ल्याएकी छन् ।
श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत ल्याए ।
बाँके–३
बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् ।
सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।
नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।
काठमाडौं – ७
काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मतसहित विजयी भएका हुन् ।
पराजुली यसअघि २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक पुन: दोहोरिए ।
यसपटक नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा रहँदा पराजुलीले जित हासिल गरेका हुन् ।
बागलुङ १
बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए ।
बागलुङ २
बागलुङ क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् ।
पर्वत – १
पर्वत १ बाट रास्वपाका सागर भुसाल निर्वाचित भए । उनले २६ हजार ५६१ मत ल्याए । दोस्रो भएका कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत पाए ।
१० वर्ष इजरायलमा श्रम गरेर फर्किएका भुसालले पोखरामा होटल व्यवसाय र उद्योग चलाइरहेका थिए ।
रास्वपामा आबद्ध भएर राजनीतिमा जोडिएर उम्मेदवार भए र चुनाव जिते ।
कैलाली -१
कैलाली-१ मा रास्वपाकी कोमल ज्ञावली विजयी भएका छन् । कांग्रेसका जनकराज चौधरीलाई पराजित गर्दै ज्ञावली विजयी भएका हुन् । उनले १७ हजानर ८२६ मत ल्याएका छन् भने जनकराजले १२८६७ मत पाएका छन् ।
रुपन्देही-२
रुपन्देही -२ मा रास्वपाका सुलभ खरेल विजयी भएका छन् । खरेलले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पराजित गरेका हुन् । खरेलले ५६ हजार ५५० मत पाउँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए ।


