CLI

कञ्चनपुर २ बाट रास्वपाका दिपकराज बोहरा निर्वाचित

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहरा निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । बोहरा ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी साउदले १० हजार ८२७ मत पाएका छन् । कञ्चनपुर–२ मा नेकपा एमालेका उम्मेदवार वचनबहादुर सिंह छ हजार ४१८ मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्त छ हजार ३३७ मतसहित चौथो भएका छन् ।

Leave Your Comment

Related News