काठमाडौं । सुर्खेत–२ राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा मतान्तरण सहित विजयी भएका छन् । उनले ३० हजार ८४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइराला १६ हजार ३७८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ४३६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कविराम पुरीले १ हजार २९३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ५९२ मत प्राप्त गरेका छन् ।


