काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणनाअनुसार उनी २६ हजार ८९७ मतसहित निर्वाचित भएका हुन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का टेकबहादुर सिंहले १४ हजार ७२९ मत पाए । नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ९० मत पाउँदा जीतबहादुर रानाले २ हजार ८२८ मत पाएका छन् ।


