CLI

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले नौ हजार ५५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिए ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका बखत शाहीले छ हजार ७९७, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले तीन हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखत थापाले एक हजार ५१२ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिता शाहीले ३३७ मत प्राप्त गरिन् । नेकपा (माओवादी) का कमल सिंहले ३३७ र राष्ट्रिय जनमोर्चाका कमल बरै मगरले १०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave Your Comment

Related News