CLI

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरे  भने राप्रपाका प्रज्वल बोहराले आठ हजार ३०१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६ हजार ३७७ ले मतदान गरेका थिए । —

Leave Your Comment

Related News