CLI

दाङ-३ मा रास्वपाका सुवेदी विजयी

दाङ । दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी भएको छन् । निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उनी नेपाली काँग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा(एमाले)का घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेका थिए ।

Leave Your Comment

Related News