CLI

उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गेलाल विजयी

काठमाडौं । उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारसमणि गेलाल विजयी भएका छन् । ३० हजार ५९० मत  पाएका उनी  १८ हजार ९८४ मतान्तरका साथ  विजयी भएका हुन् ।  निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईको ११ हजार ६०६ मत रहेको छ । खसेको मत ७९ हजार ९५६ हो ।

तेस्रो स्थानमा  नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीको १० हजार २१ रहेको छ । नेपाली कांग्रेसका बिदुर बस्नेतको ९ हजार ६७५ रहेको छ । नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापाको ९ हजार २०६ रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभाषचन्द्र खड्काको ९४१, जनता समाजवादी पार्टीका उम्मेदवार गणेशकुमार राईको ५९७, उज्यालो नेपाल पार्टीका उम्मेदवार अर्जुन तामाङको ५६४, मंगल नेशनल अर्गनाइजेसनका उम्मेदवार बद्रीविक्रम राईको १२०, र नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लवका उम्मेदवार अमृतबहादुर खत्रीको ११२ मत रहेको छ।

Leave Your Comment

Related News