काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १११ क्षेत्रमा विजयी भएको छ । आइतबार बिहान ११ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १४२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले ७ स्थानमा विजयी हुँदा ३ स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने १ स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी र २ अग्रस्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।
समानुपातिकतर्फ
आयोगका अनुसार रास्वपाले १४ लाख ५७ हजार, नेपाली कांग्रेसले ४ लाख ९२ हजार, नेकपा (एमाले)ले ४ लाख २ हजार र नेपाली कम्युनिष्ट पार्टीले १ लाख ९३ हजार भन्दा धेरै मत प्राप्त गरेका छन् ।


