CLI

सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित

राजविराज। सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरे । जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरे । नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत प्राप्त गरे ।

Leave Your Comment

Related News