CLI

११९ स्थानमा रास्वपा विजयी, रास्वपालाई पछाएको कांग्रेस भने १७ क्षेत्रमा सिमित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएको छ । आइतबार साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । नेकपा (एमाले ) ले ७ स्थानमा विजयी हुँदा ३ स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी भएका छन् भने १ स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ

आयोगका अनुसार रास्वपाले २२ लाख ३८ हजार, नेपाली कांग्रेसले ७ लाख ६० हजार, नेकपा (एमाले) ले ६ लाख ४६ हजार र नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ४ हजार भन्दा धेरै मत प्राप्त गरेका छन् ।

Leave Your Comment

Related News