CLI

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ६५ रुपैयाँले  घटेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News