काठमाडौं । नेप्से सूचकमा तेस्रो सकारात्मक सर्किट लागेको छ । मार्केट ६ प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ । सोसँगै आजका लागि कारोबार स्थगित भएको छ । बजार १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ ।
आज २६१ स्क्रिप्ट कारोबार भएको छ । जसमध्ये, २५२ वटा स्टकको भाउ बढेको छ भने एउटाको घटेको छ । २९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।


