CLI

जन्ती बोकेको कार दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने कारमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति करिब ९ः१५ बजे गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित दुई जना गम्भीर घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि बिरगंज मुर्लिस्थित न्युरो हस्पिटल लगिएको थियो । उपचारका क्रममा चालकको राति १०ः१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतक चालकको नाम र ठेगाना हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिको अस्पतालमै उपचार भइरहेको डीएसपी बस्नेतले बताए ।

Leave Your Comment

Related News