CLI

समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना, रास्वपाको ५० लाख नाघ्यो

काठमाडौं ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान १०: ३७ सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५० लाख ५२ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६,  नेकपा (एमाले)ले १४ लाख ११ हजार ४२९,  नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६६ हजार ८७५,  श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५,  राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले १ लाख ७१ हजार ३४१, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६६ हजार ४४४ र जनमत पार्टीले ७६ हजार ४४७ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

 

Leave Your Comment

Related News