CLI

मधेश प्रदेशमा रास्वपाले पायो सबैभन्दा धेरै समानुपातिक मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ देशभरी कुल ५० लाख ३० हजार २७६ मत प्राप्त गरेको छ । प्रदेशगत रुपमा हेर्दा रास्वपाले सबैभन्दा धेरै मत मधेश प्रदेशबाट पाएको देखिएको छ । मधेश प्रदेशमा रास्वपाले १२ लाख १४ हजार १३९ मत प्राप्त गरेको हो । यो समाचार तयार पार्दै गर्दा (१२ बजेर ३९ मिनेटसम्म) १ करोड ४ लाख ६२ हजार ३३४ मत गणना भएको छ ।

यता, रास्वपाले बागमती प्रदेशबाट ११ लाख १९ हजार २७० मत प्राप्त गरेको छ भने लुम्बिनी प्रदेशबाट ९ लाख १७ हजार २८७ मत आएको छ । कोशी प्रदेशबाट रास्वपाले ८ लाख २९ हजार ७१६ मत पाएको छ ।

गण्डकी प्रदेशबाट ४ लाख ९० हजार ७९५ मत प्राप्त भएको छ भने सुदूरपश्चिम प्रदेशबाट ३ लाख १७ हजार ८३६ मत आएको छ । कर्णाली प्रदेशबाट भने रास्वपाले १ लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ ।

प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेश रास्वपाका लागि सबैभन्दा ठूलो मत आधार बनेको देखिन्छ । त्यसपछि बागमती र लुम्बिनी प्रदेशमा पनि उल्लेखनीय मत प्राप्त भएको छ । प्रत्यक्ष तर्फ रास्वपाले १२५ सिट जितेको छ ।

 

Leave Your Comment

Related News