काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ देशभर कुल ३ लाख ५९ हजार २५५ मत प्राप्त गरेको छ । प्रदेशगत रूपमा हेर्दा पार्टीले सबैभन्दा धेरै मत कोशी प्रदेशबाट पाएको देखिएको छ भने सबैभन्दा कम मत कर्णाली प्रदेशबाट पाएको छ ।
कोशी प्रदेशमा श्रम संस्कृति पार्टीले २ लाख ६७ हजार १४६ मत प्राप्त गरेको हो । त्यसैगरी बागमती प्रदेशबाट ३१ हजार ४९३ मत प्राप्त भएको छ भने लुम्बिनी प्रदेशबाट २३ हजार २०८ मत आएको छ । गण्डकी प्रदेशबाट १८ हजार ३८७ मत प्राप्त भएको छ ।
मधेश प्रदेशबाट ९ हजार ५९ मत आएको छ भने सुदूरपश्चिम प्रदेशबाट ५ हजार ३०५ मत प्राप्त भएको छ । कर्णाली प्रदेशबाट भने सबैभन्दा कम ४ हजार ६५७ मत प्राप्त भएको छ ।
प्रदेशगत रूपमा हेर्दा श्रम संस्कृति पार्टीको मत आधार मुख्यतः कोशी प्रदेशमा केन्द्रित रहेको देखिन्छ भने अन्य प्रदेशमा अपेक्षाकृत कम मत प्राप्त भएको छ । यो समाचार तयार पार्दै गर्दा समानुपातिक तर्फ १ करोड ४ लाख ८० हजार ८७६ मत गणना भएको छ ।
पत्यक्ष तर्फ यस पार्टीबाट ३ जना निर्वाचित भएका छन् ।


