CLI

३२.०८ अंकले घट्यो नेप्से,कारोबार रकम साढे २१ अर्ब

काठमाडौं । मंगलबार नेप्से परिसूचक  ३२.०८ अंकले घटेको छ । बजार २८४३.३५ अंकम पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा नम्पनीको सेयर कारोबा भएको छ । २ लाख पटक्को कारोबार हुँदा ५ करोड २७ लाख ११ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने २१ अर्ब ५० लाख २० हजार पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स ४.४० अकं घटेको छ भने फ्लोट इण्डेक्स २.२३ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.९३ अंक घटेको छ ।

यस दिन १० वटा उप समूह घटेका छन् भने ३ वटा बढेका छ । । बैंकिङ १.२७ प्रतिशतले,विकास बैंक १.१६, वित्त २.०६, होटल्स तथा पर्यटन समूह १.८५, जलविद्युत १.४५, लगानी १.४८, उत्पादन र प्रशोधन १.८२, लघुवित्त ०.१७, अन्य समूह १.४० र व्यापार समूह २.१२ प्रतिशतले घटेका छन्। जीवन बीमा ०.५१, म्युअुचल फण्ड १.३४ र निर्जीवन बीमा ०.४७ प्रतिशतले बढेका छन् ।

सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको १० प्रतिशतले बढेको छ । थ्रिस्टार हाइड्रोपावरको ९.०८ प्रतिशत कालिका पावरको ८.८७ र  लाइफ इन्स्योरेन्स कर्पोरेशन ५.४२ प्रतिशत सेयर मूल्य बढेको छ ।

कारोबारको आधारमा यस दिन ङादी ग्रुप पावर पहिलो स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ९ कारोड ७३ लाख रुपैयाँ पुगेको छ । आँखु खोला जलविद्युतको ६९ करोड  ६४ लाख, अपि पावर कम्पनीको ६१ करोड ६८ लाख, ,रिडी हाइड्रोपावरको ५९ करोड ८७ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

Leave Your Comment

Related News