काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कलंगा हाइड्रो लिमिटेड र सनिगढ हाइड्रो लिमिटेडलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
कलंगा हाइड्रोलाई ४९ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
त्यस्तै सनिगढ हाइड्रोलाई ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।


