काठमाडौं । डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष/महिलातर्फ विभिन्न उमेरसमूहमा करिब ५ सय खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वय तथा सहयोगमा हुन लागेको प्रतियोगिता पाराग्वेमा अक्टोबरमा हुने रोलर डर्बी वल्र्ड स्केटको छनोटका रुपमा समेत रहेको संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जानकारी दिए ।
अध्यक्ष खनालले शनिबारै वल्र्ड स्केटका लागि राष्ट्रिय टोलीको पनि छुट्टै छनोट प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कुलमा खेलाइने छ ।


