काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ कुल १ करोड ७ लाख ३२ हजार ९३२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा धेरै मत ल्याएर पहिलो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ । त्यसपछि नेपाली काँग्रेस १७ लाख ४८ हजार ३३६ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले १४ लाख ४८ हजार ४१२ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार १७१ मत, श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ५९४ मत, र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४६६ मत प्राप्त गरेका छ । अन्य दलहरुमा जनता समाजवादी पार्टीले १ लाख ७४ हजार ३१४ मत, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत, जनमत पार्टीले ७८ हजार ९५३ मत र संयुक्त चुनाव चिन्ह चकिया (जाँतो) अन्तर्गतका दलहरुले ६१ हजार ५३३ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीले ४२ हजार २३५, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३१, राष्ट्रिय जनमोर्चाले २९ हजार ४३६ र संयुक्त चिन्ह बस अन्तर्गतका दलहरुले २८ हजार ३२५ मत प्राप्त गरेका छन् ।
अन्य साना दलहरुले पनि केही मत प्राप्त गरेका छन्, जसमा नेपाल जनता संरक्षण पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), मंगोल नेशनल अर्गनाइजेशन, सार्वभौम नागरिक पार्टी, आम जनता पार्टी/जनादेश पार्टी नेपाल लगायतका दलहरु समावेश छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार धेरै साना दलहरुले पनि सीमित मत प्राप्त गरेका छन् ।


