CLI

३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब निक्षेप संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले २८ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत उकत निक्षेप संकलन गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार बुधबार  मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुने छ ।निक्षेप संकलमको लागी घटिमा १० करोड रुपैयाँ र बाढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोल नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र “क”,”ख”र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकस्थित खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको सावा ब्याज भुक्तानि चैत २५ गतेलाई तोकिएको छ।

 

Leave Your Comment

Related News