CLI

होटल फरेष्ट इनको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा होटल फरेष्ट इन लिमिटेडको सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा कम्पनीको २ करोड कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ४० लाख कित्ता र संस्थापक समूहको  १ करोड ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९०.६५ रुपैयाँदेखि २७१.९५  रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ । नेप्सेले कम्पनीलाई ‘HFIN’ सिम्बोल दिएको छ ।

Leave Your Comment

Related News