CLI

३ ब्रोकर कम्पनीलाई मनी लाउन्ड्रिङ ऐन उल्लङ्घनमा लाखौँ जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मनि लाउन्ड्रिङसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै तीन धितोपत्र कारोबार गर्ने कम्पनीलाई जरिवाना गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन २०६४ अन्तर्गत कारबाही गरेको जनाएको छ । बोर्डका अनुसार ऐनको दफा ७(क) उपदफा (४) को खण्ड (ख) बमोजिम ती कम्पनीहरूलाई आर्थिक जरिवाना गरिएको हो।

बोर्डले सिप्ला सेक्युरिटिज लिमिटेडलाई ५० लाख रुपैयाँ जरिवाना तोकेको छ भने कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०-३० लाख जरिवाना तोकेको छ । बोर्डले मनि लाउन्ड्रिङ नियन्त्रणसम्बन्धी नियम र निर्देशन पालना नगरेको पाइएपछि उक्त कारबाही गरिएको जनाएको छ। साथै वित्तीय क्षेत्रमा पारदर्शिता र नियामकीय अनुशासन कायम गर्न यस्तो कारबाही गरिएको बोर्डको भनाइ छ।

Leave Your Comment

Related News